Comments Add Comment

भारतमा एकैदिन कोरोना संक्रमणबाट १ हजार ७६१ को मृत्यु

७ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा १ हजार ७६१ जनाको मृत्यु भएको छ । भारतमा एकैदिन कोरोनाको कारण सबैभन्दा धेरैको मृत्यु भएको हो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा थप दुई लाख ५९ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ५३ लाख नाघेको छ । त्यस्तै कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा भारतको महाराष्ट्रमा सबैभन्दा धेरै ५८ हजारभन्दा धेरै नयाँ संक्रमित फेला परेका छन् । उक्त प्रदेशमा २८ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने दिल्लीमा नयाँ संक्रमितको संख्या २३ हजारभन्दा धेरै छ । कर्नाटकमा पनि १५ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment