Comments Add Comment

बस र ट्रक आपसमा ठोक्किँदा एकजनाको मृत्यु, २४ जना घाइते

७ वैशाख, बुटवल । कपिलवस्तुको चम्पापुरमा बस र ट्रक एकपसमा ठोक्किँदा बस चालकको मृत्यु भएको छ । दुर्घटनामा परी बस चालक कपिलवस्तुको वाणगंगा नगरपालिका–२ बस्ने २७ वर्षीय कृष्णबहादुर गुरुङको मृत्यु भएको हो । दुर्घटनामा परी २४ जना घाइते भएका छन् ।

दुर्घटनामा गम्भीर घाइते उनको उपचारका लागि बुटवल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय गोरुसिङ्गे कपिलवस्तुका प्रहरी हवल्दार भरत गुरुङले जानकारी दिए । मृतक चालकको शव बुटवलको चौराहा अस्पतालमा राखिएको छ ।

बुटवलबाट कृष्णनगर जाँदै गरेको लु १ ख ५६८४ नम्बरको बस र दाङबाट बुटवल आउँदै गरेको ना ४ ख ३०१२ नम्बरको ट्रक आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

घाइतेहरुको बुटवलको चौराहा अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । ट्रक, ट्रकका चालक र बसलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment