Comments Add Comment

भारतको उत्तर प्रदेशमा साताको दुई दिन लकडाउन

७ वैशाख, काठमाडौं । भारतको उत्तर प्रदेशमा प्रत्येक साताको आइतबार र शनिबार लकडाउनको घोषणा गरिएको छ । पछिल्लो केही समययता निरन्तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएसँगै उत्तर प्रदेशको सरकारले सातामा दुई दिन लकडाउन गर्ने निर्णय गरेको हो ।

उत्तर प्रदेशको गृह विभागका अतिरिक्त मुख्य सचिव अवनीश के अवस्थीका अनुसार यो लकडाउन शुक्रबार रात ८ बजेदेखि सोमबार बिहान ७ बजेसम्म जारी रहनेछ । लकडाउनको क्रममा अत्यावश्यक सेवालाई भने अनुमति दिइनेछ ।

त्यस्तै उत्तर प्रदेशले पाँचसयभन्दा धेरै सक्रिय संक्रमित रहेका जिल्लामा प्रत्येक दिन रातको ८ बजेदेखि भोलिपल्टको ७ बजेसम्म अत्यावश्यक बाहेकका गतिविधिमा प्रतिबन्ध लगाइएको छ ।

उत्तर प्रदेशको सरकारले सबै जिल्लामा कोभिड अस्पतालको संख्या बढाउने काम भइरहेको बताएको छ । यसका साथै आइसीयू र आइसोलेसन बेडको संख्या बढाउने काम पनि सँगसँगै भएरहेको र अक्सिजनसहित सबै किसिमका मेडिकल आवश्यकता पर्याप्त मात्रामा उपलब्ध गराउने प्रयास भइरहेको सरकारको दाबी छ ।

एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment