+
+
Shares

अल्का अस्पतालमा बुधबार र बिहीबार पनि चिनियाँ खोप लगाउन पाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १८:०६
फाइल तस्वीर

७ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा बुधबार र बिहीबार पनि कोरोना भाइरस  (कोभिड-१९) विरुद्धको खोप लगाउन पाइने भएको छ । चीनले अनुदानमा दिएको सिनोफार्म खोप लगाउन बाँकी रहेका र सरकारले तोकेको उमेर समूहमा छुटेका नागरिकले अल्का अस्पताल पुगेर खोप लगाउन सक्ने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार धेरै सेवाग्राहीले छुटेको गुनासो गरेपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमै अल्का अस्पतालबाट दुई दिन खोप दिने निर्णय गरेको उनले जानकारी दिए ।

सहायक प्रजिअ बस्नेतका अनुसार खोप सुपरीवेक्षण तथा अनुगमन समिति समक्ष आएका गुनासोका आधारमा खोप लगाउने समय थप भएको हो । चीनबाट अनुदानमा आएको सिनोफार्म खोप सरकारले चीनमा अध्ययन गर्न जाने विद्यार्थी, चीनसँग व्यापार–व्यवसाय गर्ने व्यापारी, सवारी चालक–सहचालक लगायतलाई प्राथमिकतामा राखेर चिनियाँ खोप लगाउन थालेको थियो । त्यसपछि सरकारले ४० वर्षदेखि माथि ५९ वर्षसम्मका सबै नागरिकलाई चिनियाँ खोप लगाउन भनेको थियो । यसका लागि भने निश्चित अस्पताल तोकेर खोप वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?