+
+
Shares

‘माधव नेपालहरुलाई ६ महिनाको निलम्बनले पुग्दैन, पार्टीबाटै निस्कासन गर्नुपर्छ’

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ७ गते १८:३२

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता कर्णबहादुर थापाले माधवकुमार नेपाल लगायतका नेताहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्ने बताएका छन् ।

एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु मात्र उपस्थित बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई ६ महिना निलम्बन गरेको थियो । अध्यक्ष एवं संसदीय दलका नेता ओलीले मंगलबार मात्र उनीहरुसहित २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका छन् ।

ओली समूहका नेता कर्णले सबैलाई कारबाही गर्नुपर्ने बताए । पार्टी सम्वद्ध खेलकुद महासंघको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै थापाले भने, ‘माधव नेपालहरुलाई अब ६ महिनाको निलम्बनले पुग्दैन, उहाँहरुलाई पार्टीबाट निस्कासन गर्नुपर्छ ।’

पार्टीमा राख्दासम्म भ्रम सिर्जना गर्ने र केही मान्छे एकीकृत गरेर अन्तै लैजाने उनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?