
८ वैशाख, बुटवल । कोरोना संक्रमित दाङका एक पत्रकारको उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ का ४० पुरुषको काठमाडौंमा मंगलबार राति मृत्यु भएको हो ।
केही हप्ता पहिले टाइफाइड देखिएका उनमा चैत २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा भर्ना भएका थिए । पछि काठमाडौं लगिएको थियो।
भेरी अस्पतालमा नेपालगन्जका संक्रमितको मृत्यु
उता भेरी अस्पताल नेपालगन्जमा उपचाररत बांकेको नेपालगन्ज- १२ का एक पुरुषको मृत्यु भएको छ । ७० वर्षीय ती पुरुषको उपचारकै क्रममा मंगलबार राति १२ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिएका छन् ।
उनी चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै अस्पताल भर्ना भएका थिए । योसँगै बाँकेमा कोरोना संक्रमितको मृत्यु हुने संख्या ६५ पुगेको छ ।
लेखकको बारेमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4