+
+
Shares

जापान जाने यात्रुका लागि पीसीआर गर्ने विधि तोकियो

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १२:४१

८ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)को बढ्दो महामारीका बीच जापान जाने यात्रुका लागि पीसीआर विधि तोकिएको छ ।

जापानको स्वास्थ्य मन्त्रालय मातहतको क्वारेन्टिन स्टेशनबाट जारी सूचना अनुसार तोकिएको विधि पूरा नगरी आएका पीसीआर रिपोर्ट बाहक यात्रुले जापानमा प्रवेश अनुमति नपाउने नेपाल वायुसेवा निगमले जनाएको छ ।

अहिले जापानमा निगमले नियमित हवाई उडान गरिरहेको छ । निगमका अनुसार तोकिएको विधिमा गरिएको पीसीआर कम्तिमा ७२ घण्टा भित्रको साथमा हुनुपर्छ । रिपोर्टमा नतिजा नेगेटिभ आएको हुनुपर्छ ।

निगमले जापान सरकारको वेबसाइट हेरेर निश्चिन्त भएर मात्र उडान गर्न समेत यात्रुमा अनुरोध गरेको छ ।

हेर्नुहोस् सूचना :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?