Comments Add Comment

‘सत्यम्’मा उपासनाको चर्चा मात्र

नायिका उपासना सिंह ठकुरीले चलचित्र ‘डिसेम्बर फल्स’को छायांकन गरिरहँदा उनले अर्को चलचित्र ‘सत्यम्’मा काम गर्न लागेको चर्चा चल्यो । उपासनाले पनि चलचित्रबाट आफूलाई अफर आएको बताएकी थिइन् ।

निर्माणपक्षले भने उपासनासँग सबै कुरा फाइनल भएको र संझौता मात्र हुन बाँकी रहेको जानकारी दिएको थियो । चलचित्रमा राजेश हमाल, पल शाह र अनुप विक्रम शाही फाइनल भैसकेका थिए ।

उपासनासँग कुरा भएपनि चलचित्रको निर्माणपक्षले संझौता गरेको थिएन । यहीविचमा, उपासनाले अर्को चलचित्र ‘मिरर’ साइन गरिन् । नायक आर्यन सिग्देलसँग नै उनले यो चलचित्रमा काम गर्ने पक्का गरिन् । उपासना ‘मिरर’ तर्फ लागेपछि यसको निर्माणपक्षले चलचित्रका लागि अन्य नायिकासँग कुरा अगाडि बढाएको छ ।

वुझिएअनुसार, चलचित्रमा उपासनालाई लिने सोचबाट यसको निर्माणपक्ष पर हटेको छ । श्रोतले अनलाइनखबरसँग भन्यो–‘केही बिषयमा कुरा नमिलेपछि उपासनाको ठाउँमा अन्य नायिकासँग कुरा अगाडि बढिसकेको छ ।’

वुझिएअनुसार, नायिका साम्राज्ञीराज्यलक्ष्मी शाहसँग निर्माणपक्षले कुरा अगाडि बढाएको छ । यसरीहेर्दा, चलचित्रमा उपासनाको चर्चा मात्र भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment