Comments Add Comment

रुसी कम्पनीले बनायो युरी गागरिनदेखि निल आर्मस्ट्रङ्गका नामबाट महंगा आइफोन

८ वैशाख, काठमडौँ । रुसी लक्जरी ब्राण्ड काभियरले एलन मस्कदेखि निल आर्मस्टंग सम्मका चर्चित व्यक्तिहरुको थिममा आधारित आइफोन उत्पादन गरेको छ । काभियरले एलन मस्क, जेफ बेजोस, युरी गागरिन र निल आर्मस्ट्रंगको थिममा आधारित आइफोन १२ र आइफोन १२ प्रो म्याक्सको सिमित संस्करण बजारमा ल्याएको हो ।

पहिलो अन्तरीक्षयात्री युरी गागरिन अन्तरीक्षमा पुगेको ६० वर्ष पुगेको अवसरमा कम्पनीले ती लक्जरी आइफोनहरु सार्वजनिक गरेको हो । कम्पनीले यी कस्टमाइज्ड आइफोनलाई स्पेस कन्क्वेरर्स अर्थात् अन्तरीक्ष विजेता आइफोन संस्करणको नाम दिएको छ ।

स्पेस एक्स कम्पनीका सिइओ एलन मस्कले पृथ्वी बाहेकका ग्रहहरुमा समेत बसोबास गराई मानव जिवनलाई बहुग्रहयुक्त बनाउने विषयमा लामो समयदेखि पैरवी गर्दै आएका छन् । उनको कम्पनी स्पेस एक्स यहीँ विषयमा कार्यरत छ । त्यस्तै जेफ बेजोसको कम्पनी ब्लु ओरिजिनले अन्तरीक्षमा आफ्नै इन्टरनेट स्याटेलाइट स्थापित गर्ने योजना बनाएको छ ।

अन्तरीक्षमा पुग्ने पहिलो मानवको रुपमा रहेका युरी गागरिनको नामबाट बनाइएको आइफोन १२ प्रो म्याक्स गागरिनमा टाइटानियम र कम्पोजिट पथ्थरको प्रयोग गरिएको छ ।

फोनको पछाडिको हिस्सामा युरी गागरिनलाई अन्तरीक्षमा पूराउने भोस्तोक १ अन्तरीक्षयानको टुक्रा समेत राखिएको छ । त्यस्तै रुसी अन्तरीक्षयात्रीले लगाउने गरेको नेभिगेटर घडी पनि फोनको पछाडिको भागमा राखिएको छ । आइफोन १२ प्रो म्याक्सको युरी गागरिन संस्करणका केवल १२ थानमात्रै आइफोन उत्पादन गरिनेछ र यसको मूल्य ८९२० अमेरिकी डलर हुनेछ ।

त्यस्तै स्पुतनिक नामक अन्तरीक्षयनको विकास गर्ने सर्गेइ कोरोलेभ, जसलाई व्यवहारिक अन्तरीक्ष विज्ञानका पिता पनि भनिन्छ, को नाममा समेत आइफोन १२ प्रो म्याक्सको लक्जरी फोन बनाइएको छ । स्मरण रहोस् स्पुतनिक १ मा लाइका नामक कुकुरालई राखेर अन्तरीक्षमा पठाइएको थियो । उक्त संस्करण केवल ९९ थान उत्पादन गरिनेछ र त्यसको सुरुवाती मूल्य ६७६० अमेरिकी डलर तोकिएको छ ।

चन्द्रमामा पहिलो पाइला टेक्ने निल आर्मस्ट्रंगको नाममा तयार भएको आइफोन संस्करणको जम्मा ११ थान उत्पादन हुनेछ र यसको मूल्य ६४५० डलर हुनेछ ।

त्यस्तै टेस्ला तथा स्पेस एक्सका सिइओ एलन मस्कको नाममा तयार पारिएको आइफोन १२ प्रो म्याक्स मस्कको जम्मा १९ थान तयार हुनेछ र त्यसको मूल्य ६६१० डलर हुनेछ ।

त्यस्तै आइफोन १२ प्रो म्याक्सको जेफ बेजोस मोडेलको मूल्य ५८४० डलर रहेको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment