
८ वैशाख, काठमाडौं । बाग्लुङको बाग्लुङ नगरपालिकाको ३ वटा वडामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला सुरक्षा समितिको बैठकले बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा वैशाख ७ गते राति १२ बजेदेखि १७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरिएको हो ।
निषेधाज्ञाको समयमा खाद्यान्न, तरकारी, दूध, औषधी, दाना ढुवानी तथा एम्बुलेन्स सेवा कृषि तथा पशु उत्पादन, मल विउ, स्वास्थ्य सेवा र विपद व्यवस्थापन सेवा तथा अत्यावश्यक सरकारी सवारी साधनबाहेकका गाडी चल्न रोक लगाइएको छ ।
बाग्लुङ नगरपालिकाको वडा नं १२, १३ र १४ मा संघसंस्था, बैंक तथा वित्तीय संस्था, सहकारी कार्यालय र वडा कार्यालय पनि बन्द गरिएको छ । यस क्षेत्रमा बाहिर हिँडडुल गर्न पनि रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4