
८ वैशाख, काठमाडौं । लक्ष्मी बैंकले १२९औं शाखा सिन्धुलीको सुनकोशी गाउँपालिकाको रामटारमा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्यका साथ शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
लक्ष्मी बैंकको सञ्जाल ४८ जिल्लामा १२९ शाखा, ६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १५८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६१ शाखारहित बैंकिङ एजेन्टहरु पुगेको बैंकले जनाएको छ ।
सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, सानाव्यवसायी कर्जा, लघुवित्त, लगायतका वित्तीय सेवाहरुको बढ्दो मागलाई पुरा गर्न बैंकले नयाँ तथा वित्तीय पहुँच नपुगेका क्षेत्रहरुमा आक्रामक रुपमा सेवा विस्तार गर्दै आएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रतिक्रिया 4