Comments Add Comment

२०२१ जिप कम्पास : पाँच मुख्य परिवर्तन

८ वैशाख, काठमाडौं । एमएडब्लु लाइफले केही दिनमै नेपालमा जिप कम्पासको नयाँ पुस्ता सार्वजनिक गर्दैछ । यो नयाँ जिपको एक्सटेरियर, इन्टेरियरलाई ‘रिफ्रेस’ गरिनुका साथै ‘क्याबिन एक्सपिरियन्स’ मा पनि व्यापक सुधार गरिएको छ । यसबीच एमएडब्लु लाइफका अनुसार २०२१ कम्पासको बुकिङ सुरु भइसकेको जनाएको छ ।

कम्पनीका अनुसार २०२१ जिप कम्पासको इन्जिनमा कुनै परिवर्तन गरिएको छैन । यस पहिलेकै १.४ लिटरको मल्टिजेट पेट्रोल र २.० लिटरको टर्बो डिजेल इन्जिन रहनेछ । अघिल्लो मोडेलको तुलनामा नयाँ कम्पासमा के–के परिवर्तन छन् त ?

१. ‘शार्प र बोल्ड एक्सटेरियर’

२०२१ जिप कम्पासको एक्सटेरियरको ‘भ्युजुअल फिचर’लाई ‘रिडिजाइन’ गरिएको छ । तथापी यसको ‘ओरिजिनल डिजाइन ल्याङवेज’लाई भने कायम राखिएको छ । बाहिरी डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन भनेको फ्रन्ट फेसिया’ हो जसमा ‘एलईडी प्रोजेक्टर’सहितको ‘रिफ्लेक्टर’ राखिएको छ । ‘सेभेन स्लट फ्रन्ट ग्रिल’ र ‘ट्रेपेजोइडल ह्विल आर्क’ उस्तै छ । यसलाई अझ बढी ‘स्पोर्टी’ देखाउन केही सुधार गरिएको छ जसले यसलाई ‘अर्बान’ र ‘योंगर’ बनाएको छ । ‘एंगल अफ डिपार्चर’ थोरै बढाइएको छ भने अगाडि ग्रिलमा ३६० डिग्री क्यामेरा राखिएको छ ।

२. ‘रिडिजाइन’ गरिएको इन्टेरियर

कम्पनीका अनुसार २०२१ कम्पासको इन्टेरियरलाई पूर्ण रुपमा ‘रिडिजाइन’ गरिएको छ जसले यसलाई ‘स्पेसियस’ र खुल्ला देखाएको छ । यसमा प्रयोग गरिएको ‘मटेरियर, फ्लुट सेप र क्लियर लाइन’ले क्याबिनलाई आकर्षक बनाएको छ । नयाँ कम्पासमा भेरियन्टअनुसार ‘डुअल टोन’ र ‘लेदर तथा फ्रेब्रिक अपहोल्स्ट्री’सहितको ‘फुल ब्ल्याक थिम’ राखिएको छ । नयाँ ‘ड्यासबोर्ड डिजाइन, स्लिक मेटर एक्सेन्ट, मेटल स्ट्रिप’ भएको ‘एसी एअर भेन्ट’ ले यो एसयुभीलाई थप आधुनिक देखिएको छ ।

३. कम्फोर्टमा व्यापक सुधार

नयाँ कम्पासमा ‘वायरलेस चार्जिङ, भेन्टिलेटेड फ्रन्ट सिट, युकनेक्ट ५ सिस्टम’ सहितको १०.१ इन्चको एचडी ‘फ्लटिङ टचस्क्रिन इन्फपोटेनमेन्ट सिस्टम’, १०.२ इन्चको ‘ड्राइभर इन्फोर्मेसन डिस्प्ले’ जस्ता कम्फोर्ट फिचरहरु रहेको कम्पनीले जनाएको छ । यसमा पानोरामिक सनरुफ र मुनरुफ पनि रहेको छ ।

४. ‘कनेक्टेड फिचर’

२०२१ जिप कम्पासमा नयाँ जेनेरेसनको युकनेक्ट ५ सिस्टम राखिएको छ । यसको इन्टरफेस अघिल्लो भर्सनको भन्दा पाँच गुणा छिटो रहेको कम्पनीले दाबी गरेको छ । त्यसैगरी, यसले ‘ओटीए र रियल टाइम’ अपडेटहरु पनि दिन्छ । चालकले यो सिस्टमका माध्यमबाट मोबाइल एप मार्फत टाढैबाट गाडीलाई नियन्त्रणमा राख्न सक्ने तथा यसमा टाडैबाट गाडीलाई ‘लक/अनलक, भेहिकल हेल्थ रिपोर्ट, ड्राइभर अनालाइटिक्स, लोकेसन, सेफ्टी सर्भिस, स्टोलन भेहिकल असिस्ट’ जस्ता फिचर रहेको कम्पनीको भनाइ छ ।

५. ‘ड्राइभिङ एक्सपिरियन्समा अपग्रेड’

कम्पनीका अनुसार यसका अधिकांश फिचरहरु ड्राइभर–केन्द्रित र ककपिटलाई आरामदायी बनाउने भए पनि केही फिचरले भने ‘ड्राइभिङ एक्सपिरियन्स’ लाई अपग्रेड गर्नेछ । यसमा प्रयोग भएको ३६० डिग्री क्यामेराले ‘ब्ल्याइन्ड स्पट’हरुलाई कभर गर्छ र साँगुरा सहरी क्षेत्रमा यसको उपयोगिता एकदम हुन्छ । यसको अटो होल्ड फिचर नेपालको जस्तो ‘ड्राइभिङ कन्डिसन’ भएको स्थानमा वरदान सावित हुनेछ । साथै, सेलेक टेरेन ४बाई४ ‘सेलेक्टर’ अहिले झन् सजिलो भएर आएको छ । नयाँ जिप कम्पासमा धेरै राम्रा अपग्रेडहरु हुनेछन् । नेपालमा यसको मूल्य ८४ लाख ९० हजार रुपैयाँदेखि एक करोड ३६ लाख ९० हजार रुपैयाँसम्म हुनेछ । यसमा पावरफुल इन्जिन त थियो नै अब फिचर र ‘एस्थेटिक भ्यालु’ पनि थपिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment