
८ वैशाख, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले वैशाख १६ गतेदेखि विद्यालय तहको परीक्षा सञ्चालन गर्ने भएको छ ।
आज बसेको नगर शिक्षा समितिको बैठकले स्वास्थ्य सम्बन्धी आवश्यक, उपयुक्त एवं भरपर्दो व्यवस्था मिलाइ परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ ।
सरोकारवालाहरु, शिक्षाका पेशागत संघसंस्थाका पदाधिकारहीसँगको छलफल तथा सुझावको आधारमा पूर्व निर्धारित समयमा नै परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ । कक्षा १ देखि ९ लगायत कक्षा ८ को परीक्षा जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गराउन नगर शिक्षा समितिले अनुरोध गरेको छ ।
नगर शिक्षा समितिले निर्णयसँगै कक्षा ८ को कार्यतालिका समेत सार्वजनिक गरेको छ । परीक्षा बिहान ११ बजदेखि हुने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4