+
+
Shares

जनमोर्चा नेपाल नेकपा मालेमा समाहित

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ८ गते १८:२०

८ वैशाख, काठमाडौं । नेकपा (माले) र जनमोर्चा, नेपालबीच पार्टी एकीकरण भएको छ ।

बुधबार दुर्गाप्रसाद जैसी (महेन्द्र) अध्यक्ष रहेको जनमोर्चा नेपालको सम्पूर्ण पार्टी पंक्ति नेकपा मालेमा समाहित भएको मालेका प्रवक्ता कुमार बेल्बासेले जानकारी दिए ।

नेकपा (माले) स्थायी कमिटीको विस्तारित बैठकले जनमोर्चा नेपालका अध्यक्ष जैसीलाई पार्टीको पोलिटव्युरो सदस्य, महासचिव सूर्य रेग्मीलाई पोलिटब्युरोको वैकल्पिक सदस्य र कोषाध्यक्ष श्रीकृष्ण गौतमलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।

बुधबार मालेका महासचिव सीपी मैनालीले एकता प्रक्रियाबाट आएका नेताहरुलाई स्वागत गरेका थिए ।

जनमोर्चा, नेपालका विभिन्न २७ जिल्लाका नेताहरुलाई नेकपा मालेको प्रदेश, जिल्ला तथा स्थानीय कमिटी र पार्टी समर्थित विभिन्न वर्गीय जनसंगठनहरुमा योग्यता अनुसार जिम्मेवारी दिने निर्णय गरिएको नेकपा मालेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?