 
																			८ वैशाख, काठमाडौं । बाँकेमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार बाँकेको कोहरपुर-१२ का ९० वर्षीय वृद्धको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो ।
अस्पतालका अनुसार स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते पीसीआर परीक्षण गर्दा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारको क्रममा बुधबार बिहान ७ बजे मृत्यु भएको उनले बताए ।
योसँगै कोरोना संक्रमणबाट बाँकेमा मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।
मंगलबार राति १२ बजे बँकेको भेरी अस्पतालमा उपचारको क्रममा नेपालगञ्ज-१२ का ७० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4