Comments Add Comment

बजाज शून्य अफरमा रोशन साफीले जिते १० लाख रुपैयाँ

८ वैशाख, काठमाडौं । नेपालका लागि बजाज बाइकको एक मात्र आधिकारिक वितरक हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले नयाँ वर्ष २०७८ को अवसरमा ल्याएको बजाज शून्य अफरमा रोशन साफीले १० लाख रुपैयाँ जितेका छन् ।

कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार माछित्जीत्कैया–६, लग्मा निवासी साफीले ओम अटोमोबाइल, जनकपुरबाट १५० सीसीको बजाज पल्सर मोटरसाइकल खरिद गर्दा ६ वटा शून्य प्राप्त गरी रु. १० लाख जित्न सफल भएका हुन् ।

यस अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज मोटरसाइकल बजाजको आधिकारिक शोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ । यो योजना अनुसार बजाजका कुनै पनि मोटरसाइकल खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाख रुपैयाँसम्म जित्न सक्ने विज्ञप्तिमा उल्लेख छ । यस अफरमा सहभागी भएर ग्राहकले न्यूनतम पनि रु. १० हजार निश्चितरुपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यो योजना प्रथम विज्ञापन प्रकाशित भएको मितिदेखि अन्तिम विज्ञापन प्रकाशित भएसम्म लागू हुनेछ ।

कम्पनीका अनुसार नयाँ वर्षमा यो अफर ल्याउनको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई शून्य टेन्सन दिएर बजाजको उत्कृष्ट मोटरसाइकलहरुको सवारीले निश्चिन्त बनाउनु नै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment