Comments Add Comment

वीरगञ्जमा दुई न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि

९ वैशाख, वीरगञ्ज । वीरगञ्जमा ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये जनकपुरको अस्थायी इजलास वीरगञ्जका दुई जना न्यायाधीश पनि छन् ।

१ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा दुई जना न्यायाधीशसहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

उच्च अदालतका अन्य १२ जना कर्मचारीमा समेत संक्रमण देखिएको छ । बुधबार वीरगञ्जस्थित नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शंकास्पद व्यक्तिहरुको स्वाबको नमुना परीक्षण गरिएको थियो । संक्रमितमध्ये २४ जना महिला छन् ।

पर्साका ७९, बाराका ७ तथा रौतहट र रुकुमका १÷१ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ । पर्साका ७९ संक्रमितमध्ये ७६ जना वीरगञ्जका र ३ जना बहुदरमाई नगरपालिकाका छन् ।

४ देखि ७८ वर्षका संक्रमितको सिटी भ्यालु १४ देखि ३४ रहेको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment