+
+
Shares

उच्च अदालत जनकपुरले भोलि न्यायिक महोत्सव आयोजना गर्ने

महोत्सवमा विशेष आकर्षण सर्वसाधारण र विद्यार्थीहरूले न्यायाधीशहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउने छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १७:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत जनकपुरले २५ वेशाखमा कानुन दिवसको अवसरमा न्यायिक महोत्सव आयोजना गर्ने भएको छ।
  • महोत्सवमा प्रभातफेरि, औपचारिक कार्यक्रम, अन्तरक्रिया र विभिन्न स्टलहरूको प्रदर्शन हुनेछ।
  • विद्यार्थी र सर्वसाधारणले न्यायाधीशसँग प्रत्यक्ष संवाद गर्ने अवसर पाउनेछन्।

२५ वेशाख, जनकपुरधाम । उच्च अदालत जनकपुरले शनिबार न्यायिक महोत्सव आयोजन गर्ने भएको छ ।

कानुन दिवसको अवसरमा शनिबार आयोजन गर्न लागेको महोत्सवमा विभिन्न विषमया अन्तरक्रिया र स्टलहरूको प्रदर्शन गरिने भएको छ ।

अदालतका कामु न्यायधीश टेकनारायण कुँवरका अनुसार महोत्सवमा शनिबार बिहान ७ बजे जनकपुरधाममा प्रभातफेरि गर्ने र त्यसपछि बिहान ९ बजेदेखि  जनकपुरधामको निधि भवनमा औपचारिक कार्यक्रम हुने छ ।

दिउँसो १ बजेदेखि अन्तरक्रिया राखिएको छ ।

महोत्सवमा विशेष आकर्षण सर्वसाधारण र विद्यार्थीहरूले न्यायाधीशहरूसँग प्रत्यक्ष भेटघाट र संवाद गर्न पाउने छन् ।

कानुनका विद्यार्थीहरूलाई न्यायाधीशहरूले व्यवहारिक ज्ञान र अनुभव प्रदान गर्ने, कानुन व्यवसायी र अदालतको समन्वय र सुधारका विषयमा छलफल, पालिकाका न्यायिक समितिहरू र अदालतबीचको कार्यगत सम्बन्ध बारे अन्तरक्रिया गरिने कामु न्यायाधीश कुँवरले बताए ।

यस अवसरमा विभिन्न कानुन क्याम्पसको शैक्षिक स्टल, विभिन्न सरकारी कार्यालयहरूको सेवा र जानकाकरीमूलक स्टल, कानुनी पुस्तक र न्यायिक प्रक्रियाबारे जानकारी दिने प्रदर्शनीहरू राखिने उच्च अदालतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?