+
+
Shares

धनगढीमा कांग्रेस सुदूरपश्चिम प्रदेशस्तरीय भेला भोलिदेखि

विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा हुन लागेको पहिलो समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २५ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसले धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने तयारी लगभग सकिएको जनाएको छ।
  • प्रदेशस्तरीय भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणाम समीक्षा र स्थानीय तहको कार्यसम्पादन छलफल गरिनेछ।
  • कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा लगायतले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

२५ वेशाख, धनगढी । नेपाली कांग्रेसले धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि कांग्रेसले शनिबार र आइतबार प्रदेश तथा स्थानीय तह केन्द्रित भेला गर्न लागेको हो ।

भेलालाई कांग्रेस सभापति गगनकुमार थापासहितका केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै कांग्रेसले प्रदेशस्तरीय भेलाको तयारी लगभग सकिएको जानकारी दिँदै नेताहरू आउने क्रम जारी रहेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले प्रदेशस्तरीय प्रशिक्षण भेलामा २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामको समीक्षा हुने बताए । स्थानीय तहको कार्यसम्पादनको विषयमा पनि छलफल हुने रसाइलीले बताए ।

‘प्रदेशस्तरीय भेलामा विशेषगरी प्रतिनिधिसभाको निर्वाचन परिणामको समीक्षा हुनेछ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनको विषयमा पनि छलफल गर्ने कार्यसूची छ,’ सहमहामन्त्री स्नेहीले भने, ‘पार्टीका सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायतले भेलालाई सम्बोधन गर्नुहुनेछ ।’

भेलामा सहभागी हुन उपसभापति शर्मा धनगढी पुगिसकेको र सभापति थापा भने शनिबार बिहान मात्र आउने उनले जानकारी दिए । विशेष महाधिवेशनपछि कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको गृह प्रदेशमा हुन लागेको पहिलो समीक्षा भेलालाई चासोका साथ हेरिएको छ ।

प्रतिनिधिसभाको निर्वाचनका बेला सभापति थापासहितका नेताले अन्य प्रदेशमा जस्तै सुदूरपश्चिममा पनि चुनावी सभा गर्न खोजेको थियो तर देउवा पक्षको असहयोगका कारण भेला हुन सकेको थिएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?