+
+

वीरगञ्जबाट हतियारसहित युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १०:२३

९ वैशाख, वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट अवैध हतियार सहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका–५ बस्ने २५ वर्षीय राजु रानामगरलाई प्रहरी चौकी इनर्वाको टोलीले पक्रेको हो ।

बुधबार साँझ ६ बजे वीरगञ्ज– १६ शंकराचार्य गेटबाट फक्राउ परेका राजुको साथबाट सनमाइका लेखेको पेस्तोल र खाली म्याग्जिन २ थान फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

उनलाई हातहतियार तथा खरखजना मुद्दामा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?