+
+
Shares

भरुवा बन्दूक पड्किँदा मोरङमा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १५:२१
प्रतीकात्मक तस्वीर

९ वैशाख, विराटनगर । मोरङमा शिकार खेल्न गएका एक पुरुषको भरुवा बन्दूक पड्किएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ का ३२ वर्षीय हस्त राईको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

शिकार खेल्न साथीहरुसँग जंगल गएका राईको आफैंले बोकेको भरुवा बन्दूक पड्किएर छर्राले लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार गजेन्द्र राई र रुविन लिम्बूसँग उनी बुधबार राति शिकार खेल्न केराबारी–३ कै बाघदले जंगलमा पुगेका थिए । गजेन्द्र र रुविन आफैंले इलाका प्रहरी कार्यालय केराबारीमा आएर घटनाका बारेमा प्रहरीलाई जानकारी गराएका थिए ।

दुवै जनालाई नियन्त्रणमा लिएर घटनाका विषयमा अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?