+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
85/10 (19.1)
VS
Lumbini Lions won by 6 wickets
Won लुम्बिनी लायन्स 2025
86/4 (8.6)
Shares

वैशाख १५ देखि खुला मञ्चबाट बसपार्क हटाइने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १७:१७

९ वैशाख, काठमाडौं । वैशाख १५ गतेदेखि खुला मञ्चमा रहेको बसपार्क हट्ने भएको छ । बिहीबार काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको अध्यक्षतामा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी महाशाखाका अधिकारीबीचको बैठकले यस्तो निर्णय गरेको हो ।

खुला मञ्च खाली गराई त्यहाँका संरचना हटाउन लागिएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीको भनाइ छ । यहाँबाट सञ्चालन हुने सार्वजनिक सवारीलाई २ वटा विकल्प दिइएको छ ।

‘टिकट काउन्टर राखेर चलेका मध्यम दूरीका गाडी गोंगबु बसपार्कबाट सञ्चालन हुनेछन् । यस्तै छोटो दूरीका सवारी ‘पिक एण्ड ड्रप’ प्रणालीबाट चल्नेछन्,’ उनले भने ।

पिक एण्ड ड्रप प्रणालीमा चल्ने गाडीहरुका सन्दर्भमा सार्वजनिक सूचना प्रकाशन गरिनेछ । यसका आधारमा निवेदक (यातायात सञ्चालक) हरुबाट प्राप्त निवेदनका आधारमा महानगर र ट्राफिक प्रहरी महाशाखाले व्यवस्थापन गर्ने उनले बताए । बसपार्क सारेर वैशाख १५ गतेभित्र महानगरले भौतिक संरचना हटाउने छ ।

‘यो प्रयोजनका लागि धेरै पटक सरोकारवालासँग छलफल गरेका छौं । सहरी सुव्यवस्था विभागका प्रमुख ध्रुव काफ्लेले भने, हामी सिटी बस पार्कसँग सरोकार राख्नेहरुलाई सार्वजनिक सूचना दिने तयारी गरिरहेका छौं ।’

साविक पुरानो बसपार्क भएको ठाउँमा काठमाडौं टावर निर्माण हुने भएपछि २०७३ सालमा निश्चित अवधिका लागि भन्दै बसपर्का चलाइएको थियो । तर, काठमाडौं टावर समयमै नबन्दा लामो समयसम्म बसपार्क चल्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?