+
+
Shares

ओली– नेपाल सम्वाद : न पछाडि फर्किन तयार, न सहमतिको प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १७:५५

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लगातार दुई दिन भएको वार्ता कुनै सहमतिमा पुग्न सकेन ।

पार्टीमा समानान्तर कमिटी गठन र कारबाहीको श्रृङ्खला चलिरहेका बेला बुधबार अध्यक्ष ओलीले नेता नेपाललाई टेलिफोन गरेर वार्ताको प्रस्ताव गरेका थिए । नक्सालस्थित मेरियट होटलमा बुधबार दुई घण्टा वार्ता गरेका दुई नेता बिहीबार दिउँसो पनि त्यही होटलमा छलफलमा जुटेका थिए ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेपछि बाहिरिएका नेता नेपालले सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिए, ‘कुराकानीमा कुनै प्रगति छैन ।’

स्रोतका अनुसार भेटमा दुई नेताबीच सम्वाद हुनु सकारात्मक भएपनि सहमतिको कुनै संकेत देखिएको छैन । नेपाल समूहले माओवादी केन्द्रसँग पार्टी एकता गर्नुपूर्व २ जेठ २०७५ मा कायम रहेको पार्टी संरचना, विधानमा फर्किनुपर्ने माग गरेको छ ।

नेपाल समूहका एक नेता भन्छन्, ‘पार्टीमा देखिएको समस्या समाधानका लागि कुनै नयाँ प्रस्ताव पनि आएको छैन, २८ फागुन र त्यससताका निर्णयहरुबाट पछाडि हट्न पनि तयार हुनुहुन्न ।’

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?