+
+
Shares

वैशाख १० गतेदेखि पशुपतिनाथ दर्शनमा रोक

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १८:१६

९ वैशाख, काठमाडौँ । विश्‍वभर फैलिदै गइरहेको  कोभिड-१९ को नयाँ भेरियन्टलाई ध्‍यानमा राख्‍दै वैशाख १० देखि पशुपतिनाथ मन्दिरमा सर्वसाधारणले गर्ने पुजा र दर्शनमा रोक लगाइएको छ ।

बिहीबार पशुपति क्षेत्र विकास कोषले अत्यन्त जुरूरी सूचना जारी गर्दै  वैशाख १० गते (शुक्रबार)देखि लागू हुने गरी पशुपतिनाथसहितका मन्दिरमा नित्‍य पूजाबाहेक अन्‍य क्रियाकलाप गर्न नपाउने गरी रोक लगाएको  हो ।

कोषका कोषाध्‍यक्ष डा.मिलन कुमार थापा द्वारा जारी ‘अत्यन्त जारी सूचना’मा भनिएको छ, ‘विश्वभर फैलिदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड १९को संक्रमण नेपालमा समेत बढ्‍दै गउको सन्दर्भमा सो को रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको आदेश बमोजिम २०७८ साल वैशाख १० गतेबाट अर्को व्‍यवस्था नभएकोसम्‍मको लागि भगवान् श्रीपशुपतिनाथको मन्दिर, गुह्‍येश्वरी मन्दिर लगायतका मन्दिरमा नित्‍य पूजा बाहेक अन्‍य क्रियाकलाप गर्न नपाउनेगरी व्‍यवस्था मिलाइएको सबैको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

यसबाट भक्तजनमा पर्न गएको असुविधाप्रति कोषले क्षमा मागेको छ । गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।

विसं २०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर विसं २०७७ पुस १ गतेदेखि बिहान ६ बजेदेखि एक बजेसम्म भक्तजनका लागि खुला गरिएको थियो । विशेष पूजा भने महाशिवरात्रिका अवसरमा फागुन २५ गतेदेखि मात्र शुरु भएको थियो ।

मन्दिर भने महाशिवरात्रिका अवसरमा फागुन २७ गतेदेखि मात्र साविक बमोजिम नै पूरा समय खुला गरिएको थियो । अन्य क्षेत्र खुला गरिँदासमेत पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिरमा भक्तजनलाई प्रवेश नदिइएको भन्दै विश्व हिन्दू महासङ्घलगायत सङ्घ संस्थाले त्यसबेला विरोधसमेत जनाएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?