+
+
Shares

राजविराज विमानस्थलमा १५ दिन उडान रोकिने

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ९ गते १८:२९

९ वैशाख, काठमाडौं । सप्तरी जिल्लाको राजविराजमा अवस्थित विमानस्थलमा काठमाडौंबाट हुँदै आएको हवाई उडान १५ दिनका लागि रोकिएको छ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नतीको काम सुरु भएका कारण १० वैशाख (शुक्रबार)देखि २५ वैशाखसम्म विमानस्थलमा हुँदै आएको उडान रोकिन लागेको हो । यहाँ बुद्ध एयरले नियमित उडान गर्दै आएको छ । कम्पनीले ट्राभल एलर्ट सार्वजनिक गर्दै १५ दिनका लागि उडान रोकिएको जनाएको हो । तराईका विमानस्थलमध्ये स्तरोन्नतीपछि आधुनिक बनाइएको यो विमानस्थलले सिराहा र सप्तरीका यात्रुलाई राजधानी काठमाडौंसँग जोडिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?