Comments Add Comment

कोरोना नियन्त्रणमा उच्चस्तरीय समिति बनाउन संसदीय समितिको सुझाव

फाइल तस्वीर

९ वैशाख, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिले कोरोना महामारी नियन्त्रणका लागि ‘सर्वपक्षीय उच्चस्तरीय समिति’ निर्माण गरेर अघि बढ्न सरकारलाई सुझाव दिएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरबाट विषम परिस्थिति उत्पन्न हुन लागेकाले केन्द्रीकृत र रणनीतिक योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन र व्यवस्थापन गर्न सरकारको पहलमा सबै राजनीतिक दल, जनस्वास्थ्य विज्ञ र सरोकारवालाहरुको सहभागितामा ‘सर्वपक्षीय उच्चस्तरीय समिति निर्माण गर्न समितिले सुझाव दिएको हो ।

समितिको बिहीबार बसेको बैठकमा ‘कोभिड–१९ महामारी रोगको दोस्रो लहरले निम्त्याएको जटिलता र नागरिकको स्वास्थ्य सुरक्षा’ विषयक छलफलमा विगतमा पटक–पटक दिएका निर्देशनहरुको कार्यान्वयनको अवस्था समीक्षा गरी कोरोना नियन्त्रण कार्य प्रभावकारी बनाउन थप निर्देशन दिने निर्णय भएको छ ।

यसैगरी हवाई मार्गबाट स्वदेश फर्किनेहरुलाई विमानस्थलमै क्वारेन्टिन वा होल्डिङ सेन्टर निर्माण गरी राख्न र त्यस अवधिमा पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ ।

समितिले दैनिक उपभोग्य वस्तु तथा स्वास्थ्य सामाग्रीहरुको कालोबजारी हुन नदिन अनुगमनलाई तीव्रता दिन तथा दोषी पाइए कानूनबमोजिम कारबाही गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment