+
+
Shares

वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १० गते ७:१५

१० वैशाख, वीरगञ्ज । वीरगञ्जमा गरिएको परीक्षणमा ७८ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा ३ देखि ७० वर्ष उमेर समूहका ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार १ सय ३८ वटा स्वाबका नमुना परीक्षण गरिएको थियो । तीमध्ये पर्साका ५७ जना, बारा १८ जना, सर्लाहीका २ जना र धनुषाका १ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

संक्रमितहरुमध्ये २६ जना छन् । संक्रमितहश्रको सिटी भ्यालु १४ देखि ३४ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

नारायणी अस्पतालको आइसोलेसनमा ३१ जना संक्रमित उपचाररत छन् । एक जना भेन्टिलेटरमा छन् । अन्य अधिकांशलाई अक्सिजन लगाएर राखिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?