Comments Add Comment

कोरोना भाइरस: घरमा बसेरै कसरी चाँडो निको हुने ?

कोरोना भाइरसको दोस्रो लहरले देशमा एकपटक फेरि तहल्का पिटेको छ । एक्सपर्छ भन्छन् कि कोरोना भाइरसबाट संक्रमित मान्छेमा यात हल्का लक्षण देखिन्छ या त फेरि एसिप्टोमेटिक हुन्छ । यदि तपाईंको शरीरमा समेत कोरोनाको संकेत देखिएको छ भने केही कुरामा विशेष ध्यान दिनुपर्छ । जसले हाम्रो आफ्नो मात्रै होइन अरूको समेत ज्यान बचाउन सकिन्छ ।

लक्षण पहिचान गरौं

ज्वरो, लगातारको खोकी, मुखको स्वाद र सुँघ्ने शक्ति कम हुनु, सास लिनमा समस्या, थकावट, टाउको दुखाइ, घाँटी दुख्ने आदि कोरोनाको सामान्य लक्षण हो । ज्वरो, मुखमा स्वाद र सुघ्ने शक्ति कम हुनु, लगातार खोकी लाग्नु जस्ता लक्षण देखियो भने तुरुन्त सेल्फ आइसोलेट हुनु उपयुक्त हुन्छ । कोरोनाको हल्का लक्षणमा कुनै विशेष प्रकारको उपचार आवश्यक हुन्छ । हालांकि तपाईंको एक अनलाइन टेस्ट लिनुपर्छ ।

सेल्फ आइसोलेसनमा कसरी रहन्छ

कोरोनाको क्षण देख्नको लागि सेल्फ आइसोलेसनमा रहनु राम्रो विकल्प हो । घरमा सुरक्षित रहनु र जबसम्म मेडिकल एड्भाइसको अत्यधिक जरुरत हुँदैन त्यतिबेलासम्म अस्पताल समेत नजानु उपयुक्त मानिन्छ । कुनै कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि यस बारेमा सचेत हुनुपर्छ । यदि कोरोनाको लक्षण देखियो भने कम्तीमा १४ दिन आइसोलेसनमा बस्नुपर्छ । यसबीच घरको सबै स्वस्थ सदस्यसँग दूर रहनु उपयुक्त हुन्छ ।

आइसोलेसनमा कस्तो कुरामा ध्यान दिने ?

आइसोलेसनको लागि घरको कुनै पनि ठाउँ या कोठा छान्न सकिन्छ । जहाँ भेन्टिलेसन र खुला हावा आउने ठाउँ हुनु अनिवार्य छ । औषधि र खाना लिएर आउने मान्छेसँग फेस टु फेस सम्पर्कमा रहनबाट बच्नुहोस् । घरको सदस्यका साथ भाँडाकुँडा बिस्तारा या तौलिया जस्ता सामग्री साझा गर्नुहुन्न । खोकी वा हाछ्युँ आउँदा रुमालले नाक र मुख छोप्नुहोस् । नाक र मुखमा हात लगेपछि स्यानिटाइजर लगाउनुहोस् । घरमा पनि मास्क लगाउन नभुल्नुहोला ।

बाथरुमको प्रयोग

यस्तो हालतमा अलग बाथरुमको प्रयोग गर्नु नै उपयुक्त हुन्छ । यदि तपाईंसँग अलग बाथरुम प्रयोग गर्ने विकल्प छैन भने हरेक पल्ट शौचालय प्रयोगपछि सफ ागर्न नभुल्नुहोला । सकेसम्म सबैले प्रयोग गरेपछि अन्तिममा संक्रमितले शौचालय प्रयोग गर्ने र प्रयोग लगत्तै राम्रोसँग सफा गर्नुपर्छ ।

भान्साको प्रयोग

भान्सामा सकेसम्म कम जानुहोस् । त्यहाँ मान्छे भएको बेलामा त जानु नै हुँदैन । आफ्नो भाँडालाई खाना खाएर सुकाउने काम गर्नुहोस् । भाँडा डिटर्जेन्टको साथमा माझ्नु उपयुक्त हुन्छ ।

आफ्नो ख्याल राख्नुहोस्

चिसो या अन्य फ्लु जस्तो भाइरस जस्तै कोरोनामा समेत आफ्नो ख्याल राख्नुहोस् । धेरैभन्दा धेरै पानी पिउनुहोस् । पर्याप्त मात्रामा पानी पिउनुले पिसाबको रंग पहेँलो हुने गर्छ । धुम्रपान नगर्नुहोस् । अल्कोहल कुनैपनि हालतमा नलिनुहोस् । यसबाट तपाईंको शरीर डिहाइड्रट हुन्छ । यस्तो कुनै काम नगर्नुहोस् जसले तपाईंको मिर्गाैलालाई नराम्रो असर गर्छ ।

कस्तो बेलामा गर्ने चिकित्सकसँग सल्लाह ?

कोरोना भाइरसको लक्षण केही मान्छेमा निकै गम्भीर रुपले देखिन सक्छ । यदि यो लक्षण कुनै पनि व्यक्तिको शरीरलाई ज्यादा नोक्सानी पु¥याउने खालको हुन्छ भने या शरीरमा अफ्ट्यारो महसुस हुन्छ भने तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । कुनै पनि औषधिको प्रयोग पनि चिकित्सकको सल्लाहमा मात्रै सेवन गर्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment