Comments Add Comment

एलजीको नयाँ एसी बजारमा

१० वैशाख, काठमाडौं । एलजीको आधिकारीक बिक्रेता सीजी इम्पेक्स प्रालिले एन्टी भाइरस फिल्टर भएको एलजीको नयाँ एसी नेपाली बजारमा ल्याएको छ । नयाँ एसीमा रहेको एन्टी भाइरस फिल्टरले भित्री वातावरणको किटाणुहरुलाई नष्ट गर्ने र र ताजा वातावरण बनाउने कम्पनीले जनाएको छ ।

यस एसीमा फोर इन्न वान कन्र्भटेबल मोड रहेको छ, जसले एसीलाई ४०, ६०, ८० र १०० प्रतिशत अर्थात मान्छे धेरै हुँदा पूर्ण सम्भावनामा चलाउने र कम हुँदा त्यही हिसाबले चलाउन सकिने उत्कृष्ट विशेषता हरेको हुनाले विद्युत कम खपत गरी पैसाको पनि बचत गराउने कम्पनीको दाबी छ ।

एसीमा डुवेल इन्भटर कम्प्रेसर रहेका कारण रोटरको गतिलाई नियन्त्रण गर्ने र उच्च तथा कम गतिमा स्थिर भएर काम गर्नुका साथै यसको आवाज एकदमै कम आउने भएकाले ७० प्रतिशतसम्म विजुली खपत गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार एसीमा रहेको ब्ल्याक फिन टेक्नोलोजीका कारण धुलो, आद्र्रता, बालुवा, पानी, खिया लाग्नबाट बचाउनुका साथै एसीको आयु बढाउने र लामो समयसम्म चल्दछ । एसीले ४० प्रतिशत चाँडो चिसो वा तातो बनाउनुका साथै वातावरण मैत्री आर ३२ ग्याँस रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एलजीको एसी खरिद गर्दा १० वर्षको वारेण्टी पनि रहेको छ ।
नयाँ वर्षको अफरमा एलजीको एसी किन्दा ४ हजार रुपैयाँ बराबरको निशुल्क एसी जडानको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment