+
+
Shares

बाँके र रुपन्देहीमा ५ जना कोरोना संक्रमितको मृत्यु

टोपराज शर्मा टोपराज शर्मा
२०७८ वैशाख ११ गते ६:४२
फाइल तस्वीर

११ वैशाख, बुटवल । पछिल्लो २४ घण्टामा बाँके र रुपन्देहीमा गरी पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका चारजना र रुपन्देहीका एकजना हुन् ।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत दुई महिला र दुई पुरुषको उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार नेपालगन्ज–२ की ७५ वर्षीया महिलाको शुक्रबार साँझ ६:१५ बजे मृत्यु भएको हो । यस्तै नेपालगन्ज–५ का ८६ वर्षीय पुरुषको साँझ ७ बजे र नेपालगन्ज त्रिभुवन चोक ठेगाना भएका ३५ वर्षीय पुरुषको गएराति ९:२३ बजे मृत्यु भएको हो ।

यस्तै नेपालगन्ज–१० की ६१ वर्षीया महिलाको पनि गएराति मृत्यु भएको फाकल पर्सन ओलीले जानकारी दिए । योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७६ पुगेको छ ।

रुपन्देहीमा एक जनाको मृत्यु

रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ का ३६ वर्षीय कोरोना संक्रमित पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको छ । चैत ३० गते कोरोना संक्रमण पुष्टि भएका पुरुष वैशाख ३ गते बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पताल भर्ना भएका थिए ।

उनको उपचारका क्रममा शुक्रबार साँझ ६:३० मा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए । योसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या १ सय ६६ पुगेको छ ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?