+
+
Shares

नेपालको उत्कृष्ट बलिङ, नेदरल्याण्ड्सले पावर प्लेमै गुमायो ४ विकेट

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख ११ गते १५:४९

२३९ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्ड्सको शुरुवात राम्रो हुन सकेन । नेदरल्याण्ड्सले दोस्रो ओभरमै ओपनर टोबियस भिसेलाई २ रन गुमायो । उनलाई नेपालका आसिफ शेखले डिरेक्ट हिटमार्फत रनआउट गरे ।

यस्तै पाँचौ ओभरमा नेदरल्याण्ड्सले दोस्रो विकेट गुमायो । बेन कुपर कमल सिंह ऐरीको बलमा पाँचौ ओभरको चौथो बलमा ७ रन बनाएर आउट भए । उनलाई कप्तान ज्ञानेन्द्र मल्लले उत्कृष्ट क्याच गर्दै आउट गरे ।

पाँचौ ओभरमा नेदरल्याण्ड्सले तेस्रो विकेट गुमायो । यस पटक नेपालका कुशल भुर्तेलले उत्कृष्ट रनआउट गरे । १ रन बनाएका डच बास डे लिड पोइन्टमा रहेका भुर्तेलको डिरेक्ट हिटमा रनआउट भए ।

यस्तै छैटौं ओभरको चौथो बलमा करण केसीले नेदरल्याण्ड्सका ओपनर म्याक्स ओ डोडलाई बोल्ड गरे । ओ डोडले १९ बल खेल्दै २ चौका र १ छक्का मद्दतमा २० रन जोडे ।

विशाल लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ६ ओभरको पावर प्ले सकिँदा ४ विकेट गुमाएर ३७ रन मात्र बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?