
नायिका गौरी मल्ले पटक–पटक ढलेर पनि धरहरा उठेकोमा खुशी व्यक्त गर्दै नेपालीहरुको जीवनस्तर भने कहिले उठ्छ भनेर प्रश्न गरेकी छिन् । वि.सं २०७२ सालमा गएको भूकम्पले ढलेको धरहरा पूननिर्माण भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजै धरहराको उद्घाटन समेत गरेका छन् ।
गौरीले धरहरा उठेको प्रसंग कोट्याउँदै लेखेकी छिन्–‘लाग्छ यो पटक धरहराले बलियो बनोट पाएको छ । सानका साथ पुनः एक पटक आफ्नो शिर ठाडो बनाउन समक्ष बन्यो । धरहरा त उठ्यो र पनि मेरो ओठमा गर्वको मुस्कान छैन । धरहराले जस्तै मेरो देशले कहिले उठ्न पाउने ? मेरा देशवासीले पनि धरहराको जस्तै बलियो जग भएको जीवनस्टर कहिले पाउने ? हरेक कोणबाट गिराइसकिएको मेरो देशले शानले फेरि कहिले शिर उठाउन पाउने । धरहराले जस्तै । हो, धरहरा त उठ्यो तर हामी कहिले उठ्ने ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4