+
+
Shares

ठोरीको जङ्गलमा पाटेबाघ मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते ८:५५
Photo Credit : बालकुमार बस्नेत

१२ वैशाख, काठमाडौं । पर्साको रामबुद्ध सामुदायिक वन क्षेत्रमा एउटा पाटेबाघ मृत फेला परेको छ ।

ठोरी गाउँपालिका-३ स्थित रामनगर नजिकैको सामुदायिक वनमा वयस्क पाटे बाघ शनिबार साँझ मृत फेला परेको निर्मल ठोरी मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बालकुमार बस्नेतले जानकारी दिए ।

सामुदायिक वनभित्र गाईवस्तु चराउन गएका स्थानीयले मृत बाघ देखेपछि मध्यवर्ती उपभोक्ता समितिका पदाधिकारीलाई खबर गरेका थिए ।

मृत बाघलाई चितवन राष्ट्रिय निकुन्ज प्रशासनले कसरा लगेको उपभोक्ता समितिका अध्यक्ष बस्नेतले बताए । बाघको मृत्युको कारण भने खुलीनसकेको उनले जानकारी दिए ।

सोही सामुदायिक वन क्षेत्रमा गत बिहीबार बाघको आक्रमणमा परी एक जना स्थानीय घाइते भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?