+
+

सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १०:५४

१२ वैशाख, जनकपुरधाम । सर्लाहीका एकजना कोरोना संक्रमित युवकको मृत्यु भएको छ । जिल्लाको रामनगर गाउँपालिका ५ बिर्ता बस्ने ३२ वर्षीय इन्द्रजीत रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उपचारका लागि ठमाडौंतर्फ लग्ने क्रममा शनिबार उनको बाटोमै मृत्यु भएको परिवारजनलाई उद्धृत गर्दै सर्लाही प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण गिरीले बताए ।

शवलाई नेपाल प्रहरीको समन्वयमा नेपाली सेनाको टोलीले रामनगर गाउँपालिका ५ बिर्ताटोलस्थित कुलोको छेउमा व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

गत वैशाख १० गते बिरामी भएका उनलाई उपचारका लागि नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज लगिएको थियो । उपचारकै क्रममा कोरोना संक्रमण पुष्टि भएका उनको श्वासप्रश्वासमा समस्या थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?