Comments Add Comment

‘एलजीले कोभिड प्रतिकूलतालाई अनुकूलतामा बदल्यो’

१२ वैशाख, काठमाडौं । दक्षिण कोरियाली कम्पनी एलजीले नेपालमा घरायसी विद्युतीय सामग्री बिक्री थालेको ३७ वर्षभन्दा धेरै भयो । एलजीको बिक्री–वितरण चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्सले गर्छ ।

वाशिङ मेशिन, फ्रिज, टेलिभिजन, एयर कण्डिसनलगायत दर्जनौं विद्युतीय उपकरण बिक्रीमा नेपाली बजारको लिडर भएको दाबी गर्ने एलजीले गत आर्थिक वर्ष कोभिड महामारीमा पनि बिक्री लक्ष्य पूरा गर्‍यो । महामारीकै बीच पनि सिजी इलेक्ट्रोनिक्सले गत वर्ष बजारमा नयाँ ब्राण्डहरू ल्यायो ।

चालु आवको १०औं महीनाको पहिलो सातासम्म आइपुग्दा व्यापार निकै राम्रो लयमा रहेको कम्पनीका बिक्री नायव महाप्रबन्धक पुरुषोत्तम भण्डारी बताउँछन् ।

कम्पनीले नयाँ वर्षको अवसरमा एलजीका उत्पादन खरीदमा छुट र आकर्षक उपहार स्किम घोषणा गरेको छ । कोभिड महामारीले मुलुक ठप्प बन्दा पनि बजारीकरणको अनवरत प्रयासबाट एलजीले आफूलाई प्रमाणित गर्न सकेको भण्डारीको दाबी छ ।

महामारीमा सीजी इलेक्ट्रोनिक्सको मार्केटिङ रणनीति, उपभोक्ताको मनोविज्ञान, बजारको अवस्था, एलजीको नयाँ प्रडक्ट, नयाँ वर्ष स्किम लगायत विषयमा बिक्री नायव महाप्रबन्धक भण्डारीसँग अनलाइनखबरकर्मी नवीन ढुंगानाले गरेको कर्पोरेट संवादको सम्पादित अंश:

सीजी इलेक्ट्रोनिक्सले नयाँ वर्षका शुरुआती दिनमा के–के गर्दैछ ?

नयाँ वर्षको अवसरमा हामीले उपभोक्ता लक्षित विभिन्न अफर लागू गरेका छौं । क्यास ब्याकदेखि एउटा वस्तुको खरीदमा अर्को उपयोगी वस्तु उपहारसम्मका अफर अहिले कार्यान्वयनमा छन् । कोभिडका कारण सिर्जित समस्यामा सहज हुने किटहरू पनि उपहार छन् ।

क्यास ब्याक अफरहरू कति रकमसम्मका छन् ?

एलजीका उत्पादनको गुणस्तर हेरेर नयाँ वर्षमा ग्राहकलाई क्यास ब्याकको अफर ल्याएका हौं । ग्राहकले हाम्रा उत्पादन खरीदमा गर्ने लगानीका आधारमा छुट पाउनुहुन्छ । कम्तीमा रु.१५०० देखि बढीमा रु.२ लाख ९० हजारसम्म छुट गरेका छौं ।

कोभिडको दोस्रो लहरका कारण फेरि त्रास बढेको छ । तपाईंहरूको आकलनमा अब बजार कस्तो रहन्छ ?

हो, राम्रो लयमा आएको बजार पुनः प्रभावित हुने संकेतहरू देखिन थालेका छन् । यसपटक हामीसँग नेपालको आफ्नै र विश्वभरका प्रयासहरूको अनुभव पनि छ । यसले के भन्छ भने अब सामना गरेरै अघि बढ्ने हो । यो भनेको स्वास्थ्य मापदण्ड र सुरक्षा विधिहरूको पूर्ण पालना गर्ने हो । सरकारले तोकेको सुरक्षा मापदण्ड ग्राहक, बिक्रेता सबैले घर, अफिस, बजार सबैतिर पालना गर्ने हो । त्यो अवस्थामा कोभिडबाट अत्तालिनु पर्दैन । महामारीको प्रतिकूलतालाई यसरी नै अनुकूलतामा बदल्ने हो । यसका लागि हामी सक्षम र तयार छौं ।

कोभिडको पहिलो लहरमा सीजी इलेक्ट्रोनिक्सको अनुभव कस्तो रह्यो ?

नेपालको नम्बर वान इलेक्ट्रोनिक्स ब्राण्ड हो एलजी । नम्बर वान हुनुको नाताले हामीलाई सधैं नम्बर वानमा रहिरहने गरिको मिहिनेत आवश्यक पर्छ । हामी त्यसैमा तल्लीन हुन्छौं ।

एलजीको मुख्य थिम नै ‘मेक योर लाइफ इजियर’ हो । मानिसलाई जीवन सरल बनाउन सघाउनु हाम्रो विशेषता हो । हाम्रो उत्पादनको गुणस्तर, मूल्य, उपलब्धता र सेवा–सुविधाले मानिसको जीवनलाई थप सरल बनाउँछ ।

गत वर्ष हामी राष्ट्रिय–अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा देश–विदेशमा देखिएको कोभिडबारे समाचार पढ्दापढ्दै एक्कासी लकडाउनमा पुग्यौं । नियमित कर्ममा रहेका मान्छे एकाएक घरभित्रै बन्धक हुने अवस्था आएपछि मुख्य जिम्मेवारीमा रहेका हामी त झनै अलमलमा पर्‍यौं । त्यो हुनुको कारण के थियो भने हामीसँग यस्तो अनुभव कहिल्यै थिएन । वातावरण नै आतंकित पार्ने खालको थियो ।

व्यापार–व्यवसाय, कामधन्दा, पेशा सबै केही दिन ठप्प भयो । तर, सधैं त त्यसरी चल्नेवाला थिएन । हामीले नयाँ बिजनेस प्लान बनायौं । त्यसमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पूर्ण पालना र कामगराइको परम्परागत शैलीलाई भर्चुअलमा रूपान्तरण प्रमुख थियो ।

त्यसपछि हामी तीव्र गतिमा डिजिटल मार्केटिङमा लाग्यौं । मानिसको जीवन सहज बनाउने उत्पादन बिक्री गरेरै एलजीले ग्राहकको मन जित्यो । एकाएक असहज बन्न पुगेको ग्राहकको जीवनलाई सहज बनाउन लाग्नुपर्छ भन्ने मान्यताले हामी अघि बढ्यौं ।

हाम्रो एउटा प्रक्षेपण के थियो भने घर–घरमा थुनिएका ग्राहकहरूलाई अब हाम्रा वस्तुको अझ आवश्यकता पर्छ । त्यसमा हामी लाग्नुपर्छ भन्ने हाम्रो बुझाइ थियो । त्यही अनुसार गरियो ।

महामारीले संसारभरका मानिसलाई केही नयाँ पाठ पनि सिकायो भनिन्छ । कोभिडले एलजीको मार्केटिङ प्रणालीमा पनि केही परिवर्तन ल्यायो ?

लकडाउनले परम्परागत कार्यप्रणालीलाई ठप्प पारिदिएपछि हामी डिजिटल माध्यमबाट ग्राहकसामु पुग्ने प्रयासमा लाग्यौं । सानो समूह मात्र अफिस आएर भर्चुअल माध्यमबाट उपभोक्ताको सम्पर्कमा रहने, जनचेतनामूलक सूचना प्रवाह गर्नेलगायत काम गर्‍यौं । त्यो अवधि सकिनासाथ पुनः बजार प्रवेशका लागि आवश्यक तयारी पनि गरिरह्यौं ।

त्यसले पुराना ग्राहकसँग निरन्तर ‘टच’मा रहँदाको फाइदा भदौपछि शुरु भयो र दशैंमा निकै राम्रो भयो । दशैंमा हामीले सोचेभन्दा ठूलो सेल भयो । त्यो क्रम आजको दिनसम्म पनि जारी छ ।

एलजीले जीवनशैलीलाई सहज गराउँछ । त्यही सहजताको फाइदा हामीलाई भयो । महामारीकै बीच पनि नयाँ–नयाँ फिचरहरू लन्च गर्‍यौं । हामीले कोभिडको अप्ठ्यारो समयमा गरेको दुःखको फल पायौं । हाम्रो बिक्रीको ग्रोथ निकै राम्रो छ ।

महामारीमा उपभोक्ताको व्यवहारमा के परिवर्तन देख्नुभयो ?

कोभिड कालमा मानिसहरू घरमै बसे । घरमा बसेपछि खानाका सोखहरू बढे । हामीले १४ दिनसम्म खानालाई स्वस्थ र सुरक्षित राख्न सक्ने रेफ्रिजेरेटर त्यही समयमा लन्च गर्‍यौं । एक त पहिल्यै एलजीका सामानहरूको गुणस्तर राम्रो छ, त्यसमाथि उपयुक्त समयमा उपयुक्त प्रडक्ट लन्च गर्दा ग्राहकहरूको मन जित्न सहज भयो ।

त्यसपछि नयाँ फिचर्ससहितको माइक्रो ओभन बजारमा पठायौं । फुर्सदिलो भएर घरमा बस्नु परेको बेला मानिस अनेक परिकार पकाउन चाहिरहेका थिए । एलजीका माइक्रो ओभनहरूले स्वागत पाइहाले ।

अहिले हामी एसीलाई मुख्य प्राथमिकता बनाएर सेल्स गरिरहेका छौं । कोभिड र अन्य रोग संक्रमणको समयलाई ध्यानमा राखेर हेपा फिल्टर भन्ने नयाँ विशेषताको एसी बजारमा पठाएका छौं । यसले बाहिरको हावा फिल्टर गरेर मात्र भित्र पठाउँछ । यही बीचमा स्मार्ट डिउल इन्भटर एसी पनि लन्च गर्‍यौं । यसले बिजुली धेरै बचत गर्छ । यसलाई पनि उपभोक्ताले रुचाउनुभयो ।

लकडाउनमा टिभी हेर्नेको संख्या उल्लेख्य बढ्यो । त्यो सूचनाले ग्राहकहरूलाई टेलिभिजन सेटहरू चाहिएको बताएपछि हामीले रिमोट नचलाई भ्वाइस कन्ट्रोल गर्न मिल्ने, पिक्चर क्वालिटी आफैं निर्धारण गर्ने, इन्टरनेटको मज्जा लिन सकिने जस्ता नयाँ विशेषताका टिभीहरू बजारमा पठायौं । महामारीकै बीचमा हामीलाई सफलता दिलाउने अर्को महत्वपूर्ण प्रडक्ट टिभी बन्यो ।

त्यसरी महामारीमा बदलिएको उपभोक्ताको आवश्यकता र व्यवहार हेरेर काम गर्दा हामी सफल भयौं ।

महामारीमा उपभोक्ता आत्तिएको बेला नयाँ प्रडक्ट लन्च गर्नु आफैंमा जोखिमको खेल होइन र ?

झट्ट हेर्दा त्यस्तै लाग्छ, तर हामीले असहज समयमा विश्वमा भएका अभ्यासहरूलाई राम्ररी नियाल्यौं । युरोप र अमेरिकाका अभ्यासको अध्ययन गर्‍यौं । आम बुझाइमा बजार बन्द थियो, तर हामीले डिजिटल मार्केटिङमार्फत बजार खुल्ला राख्यौं ।

त्यसका लागि कस्ता माध्यम प्रयोग भए ?

ग्राहक सूचनामा पहिलो प्लेटफर्म सामाजिक सञ्जाललाई बनायौं । हाम्रा आधिकारिक सबै पेज तथा माध्यमबाट ग्राहकलाई प्रशस्त जानकारी दियौं । त्यहाँ आउने इन्क्वाइरी र मागमा होम डेलिभरी गर्‍यौं ।

कोभिडकै बेला निःशुल्क सर्भिसिङको सुविधा उपलब्ध गरायौं । जुनसुकै कम्पनीको भए पनि इलेक्ट्रोनिक वस्तुको मर्मत एलजीले गर्ने सुविधापछि ग्राहकमाझ हाम्रो विश्वास झनै बढ्यो ।

महामारीको समयमा आपूर्ति श्रृंखलामा अवरोध थियो । एलजीले नयाँ प्रडक्टहरू कसरी नेपाल भित्र्यायो ?

कोभिड अघिका विभिन्न समयमा पनि हामीले शिपिङमा ढिलाइ हुँदाको दुःख झेलेका छौं । त्यहींबाट पाठ सिकेर नेपालको माग धान्न सक्ने हिसाबले मौज्दातको रणनीति बलियो बनाएका थियौं । त्यो कोभिड महामारीमा काम लाग्यो । बजारको माग धान्न स्टकले मद्दत गर्‍यो । मौज्दातको बिक्री अवधिसम्ममा नयाँ आयात आइपुग्दा सहज भयो ।

एलजीको समग्र बिजनेस ग्रोथ कस्तो छ ?

पोहोर तीन महीनामा हुने हाम्रो व्यापार यो वर्ष धकेलियो । यो आर्थिक वर्षको शुरूमा निर्धारण गरेको लक्ष्य भने पूरा गर्‍यौं । यो आवको बिजनेस ग्रोथ गत वर्षको भन्दा ४० प्रतिशत माथि छ ।

एलजीमा त्यस्ता के के गुण छन्, जसका कारण यो ब्राण्ड यति प्यारो बन्छ ?

एलजीको मुख्य थिम नै ‘मेक योर लाइफ इजियर’ हो । मानिसलाई जीवन सरल बनाउन सघाउनु हाम्रो विशेषता हो । हाम्रो उत्पादनको गुणस्तर, मूल्य, उपलब्धता र सेवा–सुविधाले मानिसको जीवनलाई थप सरल बनाउँछ । एलजीको उत्पादन उपभोग गर्दा उपभोक्ताले पाउने सन्तुष्टि र उहाँहरूले गर्ने माउथ मार्केटिङ हाम्रो सम्पत्ति हो ।

त्यस्ता उदाहरण बताउन सक्नुहुन्छ ?

हाम्रा सबै बिजनेस यसका उदाहरण हुन् । तर, म तपाईंलाई भर्खरैको हाम्रो वाशिङ मेशिनको विशेषता बताउँछु । लकडाउनकै बेला हामीले लन्च गरेको आर्टिफिसियल इन्टेलिजेन्स वाशिङ मेशिन तपाईं वाईफाईबाट चलाउन सक्नुहुन्छ । मानौं तपाईं पाँचबजे कुनै पार्टीमा पुग्नुछ । अफिसबाट निस्कनुभन्दा केही घण्टा अगाडि मेशिनलाई लुगा धुन निर्देशन गरेर घर जानुभयो भने तपाईं धोइसकेको लुगा आइरन गरेर लगाएर पार्टीमा जान भ्याउनुहुन्छ ।

रङ जाने र नजाने कपडा छुट्याउने क्षमता यो वाशिङ मेसिनमा छ । हामीले लन्च गरेको नयाँ एलजी ओलेड टीभी तपाईं बोलेरै कन्ट्रोल गर्न सक्नुहुन्छ । एलजीका यी र यस्ता कैयौं उत्पादन छन्, जसले हाम्रो जीवन सरल बनाउँछन् ।

एलजीका होम अप्लाइन्सेसमध्ये ग्राहकको रुचि केमा बढी देखिन्छ ?

पछिल्ला वर्षहरूमा नेपालमा सबभन्दा बढी रुचाइएको एलजीको वाशिङ मेशिन हो । बजारमा हाम्रो ८० प्रतिशत हिस्सा छ । रेफ्रिजेरेटर (फ्रिज) को बजारमा हाम्रो दोस्रो ठूलो हिस्सा छ । बढी रुचाइएको तेस्रोमा टेलिभिजन र चौथोमा एअर कण्डिसनर छ ।

बजारको लिडर हुनुमा उपलब्धता पक्कै महत्वपूर्ण छ । एलजीको नेपालव्यापी उपस्थिति कस्तो छ ?

देशभर सीजी इलेक्ट्रोनिक्सका सात हजार हाराहारी कर्मचारी छन् । ती सबै एलजीको बजारीकरणमा जोडिन्छन् । पूर्वको ताप्लेजुङ, पाँचथरदेखि पश्चिमको कञ्चनपुर र दार्चुलासम्मका ग्राहकले एलजीका सामान पाउनुहुन्छ । नेपालका जुनसुकै ठाउँमा गएर खोज्नुस्, एलजी उपलब्ध हुन्छ ।

ग्राहकहरूले सामान खरीद गर्नुअघि विचार गर्ने बजेटपछिको दोस्रो कुरा सर्भिसिङ हो । यसबारे गुनासाहरू पनि सुनिन्छन् । एलजीको सर्भिसिङ कस्तो छ ?

हामीले बजारमा पाएको माइलेजको अर्को महत्वपूर्ण पाटो सर्भिसिङ सेवा हो । एलजीका उत्पादनहरू जहाँ पाइन्छन्, त्यहाँ हामी २४ घण्टाभित्रै सर्भिसिङ सेवा दिन्छौं । ग्राहक आएर समस्या सुनाए पुग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment