+
+
Shares

कोरोनाविरुद्धको लडाइँमा परिचालित हुन पार्टी कमिटीलाई एमालेको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १२:५४

१२ वैशाख, काठमाडौं । नेकपा एमालेले कोरोना महामारीविरुद्धको लडाइँमा एकढिक्का भएर परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको महाधिवेशन आयोजक समितिको बैठकले स्थानीय तह र जिल्लास्थित समितिसँग समन्वय गरेर पार्टी पंक्तिलाई परिचालित हुन एमालेले निर्देशन दिएको हो ।

बैठकपछि एमाले नेता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले क्वारेन्टिन बनाउने, जिल्ला–जिल्लामा हेल्थ डेस्क राख्ने, सचेतनाका अभियान चलाउन निर्देशन दिएको जानकारी दिए ।

पत्रकारहरुको जिज्ञासामा उनले देशभर एकसाथ लकडाउन गर्ने सोच सरकारको नभएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?