+
+
Shares

होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य मापदण्ड पालना गर्न व्यवसायीको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १३:४५
फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । होटेल क्वारेन्टिनमा बसेका पाहुनालाई स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न व्यवसायीले आग्रह गरेका छन् । होटेल संघ नेपाल (हान)का महासचिव साजन शाक्यले होटेल परिसरबाट अतिआवश्यक काम नपरेसम्म बाहिर नजान आग्रह गरेका छन् । होटेलमा बसेका भारतीय नागरिक तथा अन्य मुलुकका नागरिकसमेत स्वतःस्फूर्त होटेलबाट निस्कने गरेको गुनासो बढेपछि हानले सचेत गराएको हो ।

विदेशबाट आउनेहरु १० दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । तर, नेपाल आइसकेपछि आफ्नै खर्चमा पीसीआर परीक्षण गरी नतिजा नेगेटिभ आएपछि भने यात्रु होटेलमा बस्न नपर्ने नियम सरकारको छ ।

हानले होटेल क्वारेन्टिन व्यवस्थापन गरिरहेका होटेललाई एउटा कोठामा बढीमा दुई जनासम्म मात्र राख्न भनेको छ । उनीहरुका लागि चिया नास्ता र खाना समेत होटेलले व्यवस्थापन गर्न समेत हानले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?