+
+
Shares

हेटौंडामा आजदेखि सवारी साधनमा जोर-बिजोर प्रणाली लागू

रासस रासस
२०७८ वैशाख १२ गते १४:५६

१२ वैशाख, मकवानपुर । वागमती प्रदेशको राजधानी हेटौंडामा कोभिड–१९ सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न भीडभाड हुने स्थानमा आज बिहानैदेखि हल्का सवारी साधनलाई जोर–बिजोर प्रणाली अनुरुप सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभिनाश अधिकारीले हेटौंडाको विभिन्न क्षेत्रमा आवतजावत गर्ने निजी साधन जीप, कार, मोटरसाइकल, स्कुटी, अटो, मयुरी (सफारी)लाई तोकिएको स्थानमा मास्क लगाई जोर–बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याइएको बताए।

जोर–बिजोर प्रणाली लागू गर्ने भनी जानकारी नभएका सवारीधनीलाई प्रहरीको विभिन्न टोलीले सम्झाई/बुझाई गरी गन्तव्य स्थानमा पठाइएको र अन्य सवारी साधनलाई फिर्ता पठाइएको पनि प्रहरी निरीक्षक अधिकारीले जनाए ।

उनका अनुसार भीमफेदी, कुलेखानी, दामन, पालुङ, भैंसे, मनहरी, लोथर, फापरबारी राईगाउँबाट दैनिक सञ्चालनमा ल्याइएका यात्रुवाहक बसलाई मास्क र सेनिटाइजर प्रयोग गर्न लगाई आ-आफ्नो गनतव्य स्थानसम्म आवतआवत गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको केही दिन अघि बसेको संयुक्त बैठकले प्रथम चरणमा हेटौंडा आसपास क्षेत्रमा सङ्क्रमणको जोखिमलाई न्यूनीकरण गर्न हल्का सवारीसाधनलाई जोर-बिजोर प्रणालीअनुरुप सञ्चालनमा ल्याउने निर्णयअनुसार आजदेखि उक्त प्रणाली लागू गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?