Comments Add Comment

अनुपको ‘दोख’को ओएसटी रिलिज

निर्देशक अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को ओएसटी सार्वजनिक गरिएको छ । ‘रातैले बुन्छ’ बोलको गीतको भिडियोमा चलचित्रका दृश्यहरु समावेश गरेर ओएसटी तयार पारिएको छ ।

यो गीतको भिडियोमा समावेश दृश्यले पनि चलचित्रको कथाको भाव भनेको छ । श्रवण मुकारुङको शब्द, पुष्प संगमको संगीत र झुमा लिम्बुको स्वर रहेको यो गीतको भिडियोलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् ।

जनयुद्धको पृष्ठभूमीका विचमा यो चलचित्रले २ गाउँको कथा भन्छ । कटुपिटको बिषयमा दुई गाउँविच दुश्मनी बढेपछि उत्पन्न हुने समस्यामा यो चलचित्र अगाडि बढेको छ ।

शैलेन्द्र डी कार्कीको छायांकन रहेको यो चलचित्रलाई राजन कटैतले लेखेका हुन् । यो चलचित्रमा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ ।

सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको चलचित्रमा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रुपमा छन् । यो चलचित्रको प्रदर्शन मिति भने तय भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment