
१२ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दियाका एकजना पुरुषको मृत्यु भएको छ ।
बाँकेका कोरोना फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका–४ का ५६ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको हो ।
शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण देखिएसँगै अस्पताल भर्ना गरेर उपचार थालिए पनि उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
योसँगै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका १०३ जनाको मृत्यु भएको कोरोना फोकल पर्सन ओलीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4