+
+
Shares

शेरबहादुर तामाङले सम्हाले एमाले कार्यालय सचिवको पद

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १२ गते १५:३९

१२ वैशाख, काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटी सदस्य शेरबहादुर तामाङले केन्द्रीय कार्यालय सचिवको पद सम्हालेका छन् ।

केन्द्रीय कार्यालय बबरमहलमा कार्यालय प्रमुख रहेका महासचिव ईश्वर पोखरेलको उपस्थितिमा पदभार ग्रहण गरेका हुन् ।

गएको १० वैशाखको बैठकबाट तामाङले केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी पाएका थिए । अध्यक्ष केपी शर्मा ओलीले तामाङलाई बागमती प्रदेशको सहइन्चार्जको समेत जिम्मेवारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?