Comments Add Comment

फ्लोर क्रस गर्ने कर्णालीका सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता

१२ वैशाख, सुर्खेत । फ्लोर क्रस गर्ने कर्णालीका चार प्रदेश सभा सांसदलाई निष्कासनको पत्र प्रदेशसभामा दर्ता गरिएको छ ।

फ्लोर क्रस गरेका एमालेका सांसदहरु प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्रदेशसभामा आइतबार दर्ता गराएको प्रदेशसभा सचिव जीवराज बुढाथोकीले बताए ।

उनिहरुले पार्टीको ह्विपविपरीत फ्लोर क्रस गरी माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको समर्थनमा मतदान गरेका थिए । नेकपा एमालेको केन्द्रीय कमिटीले चारै जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही समेत गरेको छ ।

कारबाही अघि एमालेले चारै जनालाई फ्लोर क्रस गरेर माओवादी संसदीय दलका नेता महेन्द्रबहादुर शाहीलाई मुख्यमन्त्रीमा विश्वासको मत दिनुको कारण के थियो भन्ने प्रश्नसहित स्पष्टीकरण सोधेको थियो ।

सचिव जिवराज कुढाथोकीका अनुसार सांसदहरु भोलिमात्रै पदमुक्त हुनेछन् । सोमबार बस्ने प्रदेशसभा बैठलाई जानकारी दिएपछि सांसदहरु कानूनी रुपमै पदमुक्त हनेछन् ।

‘चार सांसदलाई पदमुक्त गर्नेसम्बन्धी पत्र प्राप्त भएको छ । भोलि बस्ने प्रदेशसभामा जानकारी गराएपछि मात्रै उहाँहरु पदमुक्त हुनुहुन्छ,’ सचिव बुढाथोकीले भने ।
कर्णाली प्रदेशसभाको सातौँ अधिवेशनको दोस्रो बैठक सोमबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment