Comments Add Comment

बाँकेमा कोरोना तथ्यांक : ११ दिनमा २७ जनाको मृत्यु

१२ वैशाख, काठमाडौं । बाँकेमा वैशाखयता मात्र कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट २७ जनाको मृत्यु भएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापनले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार ११ दिनमा २७ जनाको मृत्यु भएको छ भने २९०३ जनामा संक्रमण पुष्टि भएको छ । यो तथ्यांक वैशाख १–११ गतेसम्मको हो ।

वैशाख १–४ गतेसम्म प्रत्येक दिन एक/एकजना संक्रमितको मृत्यु भएको तथ्यांकले देखाएको छ । वैशाख ५ गते ४ जना, वैशाख ६ गते २ जनाको मृत्यु भएको छ भने वैशाख ७–११ गतेसम्म ३/३ जनाको मृत्यु भएको छ । वैशाख १० गते २ जनाको मृत्यु भएको छ भने वैशाख ११ गते मात्र ६ जनाको मृत्यु भएको बाँकेका फोकल पर्सन तेज ओलीले बताए ।

ओलीका अनुसार वैशाख १–११ गतेसम्म सबभन्दा बढी वैशाख ११ गते ६ जनाले कोरोनाका कारण ज्यान गुमाएको ओलीले बताए ।

वैशाख १–७ गतेसम्म संक्रमण दर बढ्ने घट्ने देखिए पनि वैशाख ८ गतेदेखि वैशाख १० गतेसम्म कोरोना संक्रमण निरन्तर बढेको देखिन्छ । वैशाख ११ गते भने संक्रमितको संख्या वैशाख १० गतेभन्दा केही कम देखिन्छ ।

वैशाख ८ गते ३३६, वैशाख ९ गते ३८८ र वैशाख १० गते ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको केन्द्रले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । वैशाख ११ गते भने ४२९ जनामा संक्रमण पुष्टि भएको छ । वैशाख १ गतेदेखि ११ गतेसम्मको तथ्यांकलाई हेर्दा सबैभन्दा बढी वैशाख १० गते सबैभन्दा बढी ४८८ जनामा र सबैभन्दा कम वैशाख २ गते १७ जनामा संक्रमण पुष्टि भएको छ ।

यो पनि पढ्नुहोस बाँकेका चिकित्सकको चीत्कार – सरकार ! हामी भयावह अवस्था सामना गर्न नसक्ने भइसक्यौं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment