Comments Add Comment

स्वास्थ्य मन्त्रालयले भन्यो–ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगराउनू

फाइल तस्वीर

१२ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ट्रान्जिटमा आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न प्रयोशालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै नेपाललाई ट्रान्जिट बनाउने गरी आउने विदेशी नागरिकको कोरोना परीक्षण नगर्न भनेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘ नेपाललाई ट्रन्जिट बनाउने गरी आएका वा नेपालमा परीक्षण मात्रै गर्ने गरी आएक कुनै पनि विदेशी नागरिकहरुको कोभिड १९ परीक्षण नगरीदिन हुन सबै प्रयोगशालाहरुलाई निर्देशन गरिन्छ । यस किसिमले निरुत्साहित गर्दै बन्देज गर्न नसक्दा संक्रमण फैलने जोखिम झनै बढेर गइरहेको देखिएको छ ।’

कोभिड १९ को परीक्षण गर्दा नेपाली नागरिक, कुटनीतिक निकाय, मिसनका कर्मचारी तथा उनीहरुको परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकहरुलाई परिचय खुल्ने प्रमाणका आधारमा मात्रै कोरोना परीक्षण गर्न प्रयोगशालाहरुलाई निर्देशन दिइएको छ ।

मन्त्रालयको निर्देशन विपरीत कुनै पनि प्रयोगशालाहरु वा व्यक्तिहरुले परीक्षण गर्ने गराउने गरेको पाइएमा नियम अनुसार कारबाही गर्ने चेतावनी समेत मन्त्रालयले विज्ञप्तिमार्फत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment