Comments Add Comment

पहाडमा २०० र शहरमा ५०० सक्रिय संक्रमित भए निषेधाज्ञा

१२ वैशाख, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले हट स्पटहरुमा लकडाउन गर्नुपर्ने मत राखेका थिए । तर सीसीएमसीका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले देशव्यापी लकडाउन गर्न नहुने बताए । लकडाउन गर्दा पनि कोरोना नियन्त्रण गर्न नसकिंदो रहेछ भन्ने गत वर्षको अनुभवले समेत पुष्टि भएको उनीहरुले बताए ।

सीसीएमसीको बैठकले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै मोरङ, पर्सा, कास्की, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment