Comments Add Comment

शीर्ष स्थानको इन्टरलाई १३ अंकको अग्रता, सिरी एको उपाधिबाट दुई जित टाढा

१३ वैशाख, काठमाडौं । इटालियन सिरी एको शीर्ष स्थानमा रहेको इन्टरले दोस्रो स्थानको एसी मिलानमाथि १३ अंकको अग्रता बनाउँदै उपाधि नजिक पुगेको छ ।

आइतबार भएको खेलमा भेरोनालाई १-० ले पराजित गर्दै इन्टरले अग्रता फराकिलो बनाएको हो । घरेलु मैदानमा इन्टरलाई जित दिलाउन माटिओ डार्मेनले एकमात्र गोल गरे । उनले खेलको ७६औं मिनेटमा अच्रफ हाकिमीको पासमा निर्णायक गोल गरे ।

जितपछि इन्टरले ३३ खेलबाट ७९ अंक जोडेको छ । ३२ खेल खेलेको एसी मिलान ६६ अंकसहित दोस्रो स्थानमा छ ।

इन्टरले अब उपाधि जित्न बाँकी ५ मध्ये ४ खेल जिते पनि पुग्नेछ । सन् २०१० पछि पहिलो पटक इन्टर उपाधि जित्ने लक्ष्यमा छ । त्यसपछि २०११ मा एसी मिलानले उपाधि जितेयता युभेन्ट्सले लगातार ९ पटक सिरी एको उपाधि जितेको छ ।

साविक विजेता युभेन्ट्स भने फियोरेन्टिनासंग १-१ को बराबरीमा रोकिएको छ । घरेलु मैदानमा डुसान भ्लाहोभिकले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाएका थिए । ४६औं मिनेटमा अल्भारो मोराटाले युभेन्ट्सका लागि बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि ३३ खेलबाट एसी मिलान समान ६६ अंक जोडेको युभेन्ट्स गोलअन्तरमा पछि रहँदै तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment