Comments Add Comment

नोबेल मेडिकल कलेजमा कोरोना संक्रमितको मृत्यु

१३ वैशाख, विराटनगर । कोरोना संक्रमितका कारण विराटनगरको नोबेल मेडिकल कलेजमा एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा ४० वर्षीय पुरुषको मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नोबेल मेडिकल कलेजको आइसोलेसनमा भर्ना गरिएको थियो । उपचारका क्रममा आइतबार राति १०ः१५ बजे उनको मृत्यु भएको हो ।

आइसोलेसनमा भर्ना गरिएका ती पुरुषमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेल अस्पतालले यसअघि कोरोना सङ्क्रमण कम हुँदै गएपछि सङ्क्रमितको उपचार गराउने आइसोलेसन बन्द गरेको थियो । दोस्रो लहर सुरु भएपछि आइतबारबाट आइसोलेसन पुनः सञ्चालनमा ल्याइएको थियो । पुनः आइसोलेसन सञ्चालन गरेकोे पहिलो दिन छ जना संक्रमित भर्ना भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment