Comments Add Comment

प्रभु बैंकको खुद नाफा ४४ प्रतिशतले बढ्यो, ९ महिनामा कमायो २ अर्ब १० करोड

१३ वैशाख, काठमाडौं । प्रभु बैंक लिमिटेडले खुद नाफा ४४ प्रतिशतले बढाएको छ । सोमबार सार्वजनिक गरिएको बैंकको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकले चालु आर्थिक वर्षको ९ महिनामा २ अर्ब १० करोड रुपैयाँ मुनाफा कमाएको हो ।

बैंकले गत आर्थिक वर्षको यसै अवधिमा १ अर्ब ४६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेकोमा यस वर्ष ४४ दशमलव ०८ प्रतिशतले वृद्धि भएको हो । बैंकको अन्य सूचकहरुमा पनि राम्रै सुधार देखिएको छ । प्रभु बैंकको वितरण योग्य नाफा १ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ ।

बैंकको कर्जा लगानी ३५ दशमलव १२ प्रतिशतले बढेर १ खर्ब ३४ अर्ब रुपैयाँ पुगेको छ भने निक्षेप २७ दशमलव २२ प्रतिशतले वृद्धि भएर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ ।

गत वर्षको यही अवधिमा ३ खर्ब ५९ अर्ब रुपैयाँ रहेको खुद ब्याज आम्दानी ६.६० प्रतिशतले बढेर ३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ । बैंकले खराब कर्जा समेत घटाउन सफल भएको छ । बैंकको खराब कर्जा २.५९ प्रतिशतबाट घटेर १.४८ प्रतिशमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी २४.७९ रुपैयाँ देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment