+
+
Shares

हेटौंडामा मास्क नलगाउनेलाई सय रुपैयाँ जरिवाना

अनलाइनखबर अनलाइनखबर
२०७८ वैशाख १३ गते १२:४०

१३ वैशाख, हेटौंडा । दोश्रो चरणमा कोरोना संक्रमणको दर बढ्दै गएपछि संक्रमण नियन्त्रणका लागि प्रशासनले अनिवार्य मास्क लगाउन आग्रह गरेको छ । यात्राका क्रममा मास्क नलगाउनेलाई प्रशासनले सय रुपैयाँ जरिवाना तोकेको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडामा पनि कोरोना दर बढ्दै गएपछि प्रहरी परिचानल गरिएको छ । हेटौंडाको बुद्ध चौकमा मास्क नलगाइ हिड्नेलाई जरिवाना र जोर-बिजोर कार्यान्वयनका लागि मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरसहितको प्रहरी टोली खटिएको छ ।

सोमबार बिहानबाट कोरोना नियन्त्रणका लागि भन्दै मास्क नलगाउनेलाई १ सय जरिवाना तिराउने गरेको प्रहरी उपरीक्षक राठोरले बताए । उनका अनुसार मास्क नलगाइ हिड्ने निगरानीका लागि क्याम्पडाँडा, चौकीटोल, बरपार्क र थाना भर्याङ्गमा गरी ४ ठाउ टोली परिचालन गरिएको छ भने जोर-बिजोर कार्यान्वयनका लागि पाँच ठाउँमा टोली परिचालन गरिएको छ ।

सोमबार मात्रै २३ जना मास्क नलगाइ हिड्नेलाई जरिवाना गरिएको र ५५ वटा मोटरसाईकल, ७ वटा अटो, ५ वटा म्याजिक र मयुरीलाई कार्यन्वयनका लागि सम्झाएर पठाएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?