Comments Add Comment

‘म एउटा बिहान हिंडिरहेछु’ सार्वजनिक

१३ वैशाख, काठमाडौं । कवि प्रकाश आङदेम्बेको कवितासंग्रह ‘म एउटा बिहान हिंडिरहेछु’ सार्वजनिक भएको छ ।

कवितासंग्रहलाई द नेसेन्स फेलेक्स र द मार्जिनले संयुक्त रूपमा प्रकाशन गरेका हुन् ।

कृतिबारे धारणा राख्दै बोल्दै कवि विमला तुम्खेवाले तीव्र राजनीतिक नाराभन्दा पर रहँदै आङदेम्बेले गहिरो जीवनबोधी कविता लेखिरहेको बताइन् । ‘कृतिमा समेटिएका कविताहरु मुन्धुमका श्लोकहरु जस्तो सुन्दर छ, जुन पढ्दा मेडिटेसन महसुस हुन्छु,’ उनले भनिन् ।

कवि श्रवण मुकारुङले प्रकाश आङदेम्बेले जहिले पनि जीवन भोगाइको गहिराइबाट टिपेर मात्रै कविता लेख्ने गरेको बताए । ‘प्रकाशको कविताको मर्म बुझ्न सरसर्ती पढेर मात्रै हुँदैन, यसलाई अन्तरहृदयदेखि नै मनन गर्नुपर्छ ।’

कवि भुपाल राईले कृतिमा समेटिएका धेरै कवितासँग आफ्नो विचार मिल्ने भन्दै कवि आङदेम्बेको काव्यकारितामाथि प्रशंसा गरे ।

कवि आङदेम्बे एक सफल चलचित्रकर्मी र मुक्तककारका रुपमा पनि परिचित छन् । उक्त कवितासंग्रहको बजार मूल्य ३५१ रुपैयाँ तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment